३० चैत्र २०८१, शनिबार | April 12, 2025

बाँकेका किसान चैते धानप्रति आकर्षित



नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।

पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका-६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लागने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताइन । उनले बर्खे धान खेतीभन्दा चैते धान खेतीमा बढी मिहिनेत गर्नुपर्ने र उक्त धान खेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरिन । यद्यपि उनले मनग्य उत्पादन हुनेमा आफू ढुक्क भएको बताइन ।

करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको बताइन । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षदेखि चैते धानको खेती सुरु गरेको जानकारी दिए । उनले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते ५ जातको चैते धानको खेती भएको बताए । उनले भने, “चैते धान लगाउन किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकै खेती पनि गरेका छन् ।”

बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै बर्खे धानलाईजस्तै प्रशस्त पानी नचाहिने बताए । कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्ष्जमिनमा चैते धानको खेती गरेका छन् ।

यस वर्ष जिल्लाको बैजनाथ गाउँपालिका-८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका-३ को सूर्य, लालपुर्जा, वनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका-२ को के गाउँमा चैते धानको खेती भएको छ । साथै गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ८ : ११ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष