५ चैत्र २०८१, मंगलबार | March 18, 2025

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार बिस्तार गर्ने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् बिस्तार हुने भएको हो । परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए।

उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । “सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले केही छैन”, उनले भने, “बाँकी तीन मन्त्रीको टुङ्गो लागेपछिको कुन हुने भन्ने निक्र्योल हुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्रीको टुङ्गो लगाइने बताए। “आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ”, उनले भने, “मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।”
(((

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : ०७ बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको