५ आश्विन २०८१, शनिबार | September 21, 2024

जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १८० रनको लक्ष्य पछाएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानको जितमा यशस्वी जैसवालले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सन्जु सामसनले अविजित ३८ रन बनाएका थिए ।

यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६५ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर सन्दीप शर्माले ५ विकेट लिएका थिए ।

यो यस सिजनमा राजस्थानको सातौं जित हो । ८ खेलमा ७ जित र एक हार बेहोरेको राजस्थानको १४ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी मुम्बईको भने यो यस सिजनमा पाँचौं हार हो । ८ खेलमा ३ खेल जितेको मुम्बईले योसहित पाँच खेल हारेको छ र ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : २२ बजे

संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो

काठमाडौं । नेपालको संविधानको मुख्य उपलब्धि हो, समावेशीता । लैंगिक

Transforming Qingshen through Bamboo: A Village’s Green Journey

As we slowly leave Chengdu city via the Third Ring

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित

नामिबियामाथि युएईको कीर्तिमानी जित

काठमाडौं । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित