१ चैत्र २०८१, शुक्रबार | March 15, 2025

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर



बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको समृद्धी सलोन एण्ड एकेडेमीले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको छ । बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा मुख्य कार्यालय सञ्चालनमा रहेको समृद्धी ले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको हो ।

समृद्धीले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्कि-ड्र’बाट स्कुटर तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक मोहन ठाकुरले जानकारी दिए ।

हरेक पटक सेवा लिन आउने ग्राहकलाई प्रदान गरिने कुपनबाट लक्कि ड्र गर्दा भाग्यशाली एक जनालाई स्कुटरसहित आकर्षक गिफ्ह्याम्पर र एक वर्ष निःशुल्क सेवा प्रदान गरिने तथा अन्य विजेताहरुलाई निःशुल्क सेवासहित आकर्षक उपहार प्रदान गरिने ठाकुरले बताए ।

काठमाडौं, पोखरा र मणिग्राममा शाखा सञ्चालनमा रहेको समृद्धीले बर्दघाट र चार नम्बर कपिलवस्तुमा फ्रेन्चाइज सेवा प्रदान गर्ने गरेको छ । यी सबै शाखाहरुमा सेवा लिन आउने ग्राहकले प्रत्येक पटक कुपन प्राप्त गर्ने छन् । उक्त कुपन शंकलन गरी विशेष कार्यक्रम सहित लक्कि-ड्रसहित सार्वजनिक गरिने बताइएको छ ।

हेयर डिजाइन तथा सौन्दर्य कलाका लागि युवा समुदायमा लोकप्रिय बन्दै गएको समृद्धीले सेवा विस्तार गर्दै भैरहवा र चितवनमा समेत शाखा बिस्तार गर्ने योजना बनाएको छ । हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्येक्ष रोजगार प्रदान गर्दै आएको छ ।

त्यस बाहेक समृद्धीबाल सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दाबी गरे । समृद्धीले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको छ । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : ५५ बजे

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली

नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on