१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता



श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही-उद-दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ११ : ४५ बजे

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने

काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त

तिनाउ खोलामा डुबेर एक भारतिय बालक बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ३ स्थित तिनाउ खोलामा डुबेर एकजना

बुटवलमा मनाइयो ‘न्हुँ दयाः भिन्तुना’ (फोटोफिचर)

बुटवल । बुटवलमा नेपाल संवतको सुरुवातलाई शुभकामना आदानप्रदान सहित बिबिध

नेपालगन्जमा नेपाल संवतको भब्य स्वागत (फोटोफिचर)

नेपालगन्ज । नेपालगन्जमा नेपाल संवत ११४५ लाई भब्यरुपमा स्वागत गरिएको