२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

हराएको मोटरसाईकल फेला, चोर बेपत्ता



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको वडा नम्बर १८ बाट हराएको मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाएको छ । हिजो राती ८ बजे नेपालगन्ज १८ स्थित बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा हराएको मोटरसाईकल प्रहरीले बवारिसे अवस्थामा फेला पारी सवारी धनीलाई बुझाएको हो ।

सवारी धनी बर्दिया राजापुर नगरपालिका २ का सन्दीप थारुले गरेको उजुरीको आधारमा खोजीका लागि खटिएको प्रहरी टोलीले सोही वडाको कृष्ण मन्दिर अगाडी बेवारिसे अवस्थाममा छाडिएको मोटरसाईकल प्रहरीले फेला पारेको हो । मोटरसाइल फेला परेपनि चोरी गर्ने कार्यमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न असफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज सवारीधनीलाई बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । नेपालगन्जमा पछिल्लो समयमा हरेकदिन जसो मोटरसाइकल चोरीका घटना भइरहेपनि चोरलाई पक्राउ गर्न प्रहरी असफल देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ०१ बजे

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले