५ आश्विन २०८१, शनिबार | September 21, 2024

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव



काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘sagarmatha’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन् ।

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए ।

प्राडा मानन्धरले भने, “सगरमाथाको नाम अङ्गे्रजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन ।” यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए ।

कार्यक्रममा प्रा सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए । साथै उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए । यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गरेको योगदानबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ५६ बजे

संविधानले दियो प्रमुख पदमा महिला पुग्ने बाटो

काठमाडौं । नेपालको संविधानको मुख्य उपलब्धि हो, समावेशीता । लैंगिक

Transforming Qingshen through Bamboo: A Village’s Green Journey

As we slowly leave Chengdu city via the Third Ring

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै

‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ’

बझाङ । करिब दुई किलोमिटर टाढा छ गाउँ । नियमित

नामिबियामाथि युएईको कीर्तिमानी जित

काठमाडौं । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित