२३ भदौ २०८१, आइतबार | September 8, 2024

नेपालगन्जको सिनेरोयलले पायो ‘वर्ष सिनेमाहल अवार्ड’



नेपालगन्ज । नेपालगन्जमा रहेको सिनेमाहल सिनेरोयलले यस वर्षको बर्ष सिनेमाहलको अवार्ड (मोफसल) प्राप्त गरेको छ । बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको ब्लक बस्टर नेपाली फिल्म अवार्डको १८ औं संस्करणबाट सिनेरोयलले बर्ष सिनेमाहलको अवार्ड (मोफसल) प्राप्त गरेको हो ।

बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक बर्षको चैत मसान्तमा आयोजना गर्दै आएको ब्लक बस्टर नेपाली फिल्म अवार्डको १८ औं संस्करणमा आधुनिक प्रविधि, सुविधाजनक बसाइ, इमर्सिभ साउन्ड र भव्य वातावरणको मुल्याङ्कन गर्दै सो सिनेमाहललाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपालगन्ज-१० सुर्खेत रोडस्थित रहेको यस थिएटरले पछिल्लो समय एउटा बेग्लै नाम र नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई परिवर्तन गर्न सफल भएको थियटरका संचालक डा. बिनोद थापाले बताए ।

थियटरमा अत्याधुनिक प्रविधि, आरामदायी सिटिङ, इमर्सिभ साउण्ड जडान गरिउका छन् । नेपालकै सिनेमा क्षेत्रमा गौरवको प्रोजेक्ट भएको सिनेरोयलले भारतीय सिनेमा प्रेमीलाई आकर्षित गरेर नेपालगन्जमा आर्थिक गतिबिधि बढावा दिन सफल भएको डा. थापाले बताए ।

तीन वटा अडिटोरियममा पाँच सय ६० सिट रहेको यस थिएटरमा अमेरिकामा बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिलल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ उत्कृष्ट गुणस्तरको पिक्चर र रङ संयोजन गरिएको संचालकको दाबी रहेको छ ।

साथै नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाइ सिटिङ सहजतालाई प्राथमिकता दिइएको उल्लेख गर्दै थापाले दर्शकहरुको बसाईमा आराम प्रदान गर्न  तीन किसिमका सिटहरू (रिक्लाइनर, लाउन्जर र स्लाइडर) जडान गरिएको जानकारी दिए । अमेरिकादेखि भित्र्याइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित पर्यावरण अनुकूल भान्सामा तयार हुने परिकार समेत थियटरमा उपलब्ध छ । थियटरको खाजा निकै नै फ्रेश तथा स्वादिलो रहेको थापाको दाबी छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : ३० बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर