९ पुस २०८१, मंगलबार | December 24, 2024

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् ।

निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए ।

इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ । खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए । तुइनखोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । उनले भने “तुइनखोलाको पुल निर्माणको कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ ।”

तुइनखोला र खहरेखोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको उनले जानकारी दिए । यस सडकखण्डमा १९ वटा पुल छन् । जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ ।
रासस

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : ४१ बजे

लुम्बिनी कप महिला फुटवल फागुन १९ गते देखि

नेपालगन्ज । लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संशोधनको एजेन्डा अघि सारिने

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन

हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

सिमकोट । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा

मौसम बदली : बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने

काठमाडौं । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम

खजुरामा पहिलो क्याफे : मण्डला क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा

खजुरा । बाँकेको खजुरामा पहिलो क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा