३१ भदौ २०८१, सोमबार | September 17, 2024

गायक राजेशपायल राई पक्राउ



काठमाडौँ । मदिरा सेवन गरी सडकमा होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ परेका छन् । गयराती काठमाडौँको थापागाउँबाट राई पक्राउ परेका हुन् । राई सहित अन्य ३ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूलाई प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । राती अबेर सम्म मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले दिएको मौखिक उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीसँगै पक्राउ परेकाहरुलाई आफन्तको जिम्मा लगाइसकिएको छ भने राईलाई पनि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको एक प्रहरी अधिकृतले बताए ।

प्रहरी आएर पटक पटक होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि राई सहित उनका साथीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ३३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित