८ पुस २०८१, सोमबार | December 23, 2024

स्तनको शल्यक्रिया गराउने एक बेलायती मोडलको मृत्यु



लन्डन । बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ । स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ ।

न्युज डट कम एयुमा प्रकाशित समाचार अनुसार यो घटना सेप्टेम्बर २०२३ मा भएको थियो, जब डोना बटरफिल्डले माजोर्काको पाल्माको एक निजी क्लिनिकमा स्तनको दुईवटा शल्यक्रिया गराइन् ।

यसभन्दा केही वर्षअघि उनले आफ्नो स्तनको आकार बढाउनको लागि शल्यक्रिया पनि गराएकी थिइन् तर केही समस्याका कारण उनले पुनः शल्यक्रिया गर्नुपरेको थियो, जसको लागत स्वरूप ११ हजार ६५० अमेरिकन डलर खर्च गरेकी थिइन् ।

समाचार ब्यूटीशियन डोना बटरफिल्डलाई पहिलेदेखि नै मुटुको समस्या रहेको र एनेस्थेसियाको प्रतिक्रियाका कारण हृदयघात भएको दाबी गरिएको छ । यसपछि उनलाई पाल्माको सन एस्पेस युनिभर्सिटीको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको १४ सेप्टेम्बर २०२३ मा मृत्यु भयो ।

डोना बटरफिल्डको परिवारले उनको शल्यक्रिया गर्दा सावधानी अपनाइएको दाबी गरेको थियो । बेलायती मोडलका परिवारले कस्मेटिक सर्जनमाथि आरोप लगाए पछि भने बल्ल प्रहरीले पनि यस विषयमा अनुसन्धान सुरू गरेको छ ।

यस सम्बन्धमा क्लिनिकका प्रबन्धक र एनेस्थेटिस्टलाई पक्राउ गरिएको छ । क्लिनिकका ६९ वर्षीय प्रबन्धकलाई हत्या र शल्यक्रियामा लापरबाही गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धानले बिरामीलाई जोखिमबारे सचेत नगरी दोस्रो कस्मेटिक शल्यक्रिया प्रक्रिया सुरु गरेको पाइएको छ ।

पुलिस रिपोर्टका अनुसार ब्यूटीशियन डोना बटरफिल्डको हृदयघातको क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो, जसबाट उनी निको हुन सकिनन् । बटरफिल्ड दुई हप्ता भन्दा कम पछि मरेकी थिइन । यो खुलासा तब भयो जब क्लिनिकका निर्देशकलाई स्पेनिस नेसनल पुलिसले माजोर्कामा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ३९ बजे

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

ललितपुर । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका

‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल