३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुटवललाई स्वास्थ्यको हबका रुपमा विकास गछौँ : पूर्वमुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गरिने बताएका छन् । नेकपा एमाले रुपन्देही, स्वास्थ्य तथा जनसंख्या विभागले बुटवलमा आयोजना गरेको जनतासँग चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रादेशिक अस्पताल, सरकारी जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरुको सेवालाई स्तरवृद्धिमात्र नभई सरकारी मेडिकल खोल्ने जस्ता लक्ष्यलाई अघि बढाएको कारण पनि बुटवललाई स्वास्थ्यको हबका रुपमा विकास गर्न सकिने बताए ।

जनताको जिवनस्तर र चेतना, उनिहरुले पाउने सेवा र त्यो सेवाबाट पर्ने असरको विषयमा रहेको कमीकमजोरीलाई हटाउनुपर्ने उनले सुझाव दिए । ‘सुविधा, स्थिरता र सुरक्षा अहिलेको स्वस्थ्य क्षेत्रमा चुनौतीका रुपमा देखापरेको छ ।’ गिरीले भने । लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा पछिल्लो दुई दशकमा धेरै विकास भएको उनले दाबी गरे । कुनै बेला ससाना रोग लागेमा भारत उपचार गर्न जाने बानीमा फेरिएको बताए । यस क्षेत्रमा रहेको सरकारी अस्पतालमा विशिष्टिकृत सेवा, मेडिकल कलेज, नीजि अस्पतालका कारण सेवाग्राहीहरु सहज उपचार पाउन सकेको उनले बताए । अहिलेको विकास पर्याप्त नभएको भन्दै उनले समयको माग, बढ्दो जनसंख्या, परिवर्तति राजनीतिक जिम्मेवारीका कारण थप विकास खोजेको दाबी गरे । ‘सन्तोष मिल्ने अवस्था छैन, हामी अघि बढ्नुपर्छ’ उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले नीति निमार्णको तहमा सहयोग पुर्याउने, सल्लाह दिने, अन्तरक्रिया गर्ने साथै पार्टीलाई उपयुक्त दिशा दिन मद्यत गर्ने हो । जिल्ला, प्रदेश, केन्द्रमा रहेको यो विभाग निरन्तर आफनो काम गर्दै आएको उनले बताए । नेतृत्वसंगको कुरा आएपनि अझै नागरिकसंगको कुरा आउन बाकी रहेको उनले बताए । ‘अब जनतासँग जोडिनुपर्छ ।’ उनले भने ।

नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा.कृष्ण खरेलले चिकित्सकहरुको समस्या सुनुवाई हुने ठाउँ नै नरहेको दुखेसो गरे । चिकित्सकहरुप्रति समाजमा बनेको धारणालाई चिर्न जरुरी रहेको भन्दै सामाजिक उत्तरदायित्वमा आफुहरु अगाडी रहेको दाबी गरे । ‘चिकित्सकहरु समाजको अभिन्न अंग हो ।’ उनले भने ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही, स्वास्थ्य तथा जनसंख्या विभागका अध्यक्ष सुनिल श्रेष्ठले ‘स्वस्थ्य समाज समृद्ध आधार’ मुल नारासहित आम नागरिकको स्वास्थ्य, सरकारी स्वास्थ्य सेवाको अवस्थाका बारेमा काम गर्दै आएको बताए । उनले नागरिकको स्वास्थ्यसंग सम्बन्धित खाद्यका विषय, विकास निमार्णका धेरै विषयहरु रहेको भन्दै उनले केवल प्रतिनिधिपात्रहरु बिच अन्तरक्रिया गरिएको उनले बताए । विभागबाट रुपन्देहीका पाँच वटै क्षेत्रमा निःशुल्क स्वस्थ्य जाच तथा निशुल्क औषधी वितरणसंग ल्याब सम्बन्धि निशुल्क परिक्षण समेत गर्न सफल भएको उनले बताए । जसमा मधुमेह, कोलेस्ट्रोल लगायतको परिक्षण भएको थियो । आफनो गाउमा आफनै ठाउमा भन्ने नारासहित स्वास्थ्य शिविर चलाउदै आएको उनले बताए । आगामी दिनमा लागुऔषध विषयमा विभिन्न विद्यालयका विद्यार्थी, महिलाको पाठेघर र स्तन क्यान्सर सम्बन्धमा स्क्रिनिङको लागि अनेम संघसंग सहकार्य गर्ने तथा स्वास्थ्यका साथ खेलकुद अन्य जनसंगठनसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले स्वास्थ्य क्षेत्रमा रहेको विकृति हटाउन सरकार लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा उठेका विषयबस्तुलाई टिर्पोटकर्ता डा. रोहित राज क्षेत्री, माधव सापकोटाबाट संकलन गरी पार्टी जिल्लामा पठाईने र उपयुक्त समयमा सम्बोधन हुने विभागका सचिव केदार नेपालले बताए ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, एमाले जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसी, रुपन्देही ब्यापार संघका अध्यक्ष दिपक अधिकारी, लुम्बिनी प्रादेशिक अस्पतालका पुर्वअध्यक्ष बाबुराम भट्टराई, पुर्व मेसु डा.ईन्द्र ढकाल, देवदह मेडिकल कलेजका चेयरपर्सन गोपाल पोखरेल, राष्ट्रिय चिकित्सक संघका निर्वतमान अध्यक्ष डा.सन्तोष पोखरेलले स्वस्थ्य क्षेत्रमा देखिएको कमीकमजोरीलाई हटाउन समुदायका सरोकारवाला पक्ष नै जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन सचिव केदार नेपालले गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : १५ बजे

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको