३० चैत्र २०८१, शनिबार | April 12, 2025

मधेश सरकारबाट कांग्रेस आउट, एमालेका सरोज यादव बने मन्त्री



वीरगन्ज । एमालेबाट मधेश प्रदेश सरकारमा सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् ।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै औपचारिकरुपमा कांग्रेस सरकारबाट बाहिर भएको छ ।

केन्द्रमा नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

यसैबीच पार्टीमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढी देखिएपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : २८ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष