२० चैत्र २०८१, बुधबार | April 2, 2025

बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने



काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।

बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ ।

यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो । बोर्ड पनि पुनः कार्यविधि संशोधन गरेर सरकारी र निजी तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो ।

उनले सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए ।

गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो । कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानीले १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : ०२ बजे

हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि

नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता

काठमाडौं । नेपाल र थाइल्याण्डबीच केही महत्वपूर्ण सम्झौता भएको छ

गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी