७ पुस २०८१, आइतबार | December 22, 2024

भूईंमान्छेले महशुस गर्नेगरी काम गर्छु : मन्त्री गिरी



काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र वेरोजगारी भोग्नुपरेको बताएका छन् ।

रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको र सरकारले त्यसलाई पूरा गर्ने बताए। उनले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको बताए।

‘आज हाम्रा साथीहरु देशभित्र रोजगारी नपाएर विदेशिनु परेको छ। जुनप्रकारले नेपाली युवाहरु विदेश पलायन भएको अवस्था छ। यो अत्यन्तै  कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ। म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरु विदेशतीर पलायन हुने होइन, यही देशभित्र रोगगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्नेहुन्छु,’ गिरीले भने।

उनले नेपालमा छोटोछोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरुको चलखेल रहने गरेको दाबी गरे।

‘हाम्रो देशमा भएको राजनीतिक अस्थिरता,वर्षदिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दापनि हाम्रो विकास निर्माणका कामहरु अवरुद्ध भएका छन्। हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं। यो यथार्थ हो।’ उनले भने।

यस्तै उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताए।

‘हाम्रो नेपालको जनमत पनि त्यस्तै प्रकारले प्राप्त भयो । एउटै पार्टीले बहुमत प्राप्त नगर्ने ,एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने , अनि एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछी त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अरबौअरब लगानीहरु बालुवामा पानी हालेजस्तो भएको छ। खेर गइरहेको छ। हाम्रा विकासको गतिहरु रोकिएका छन् । हाम्रा विकास र सम्वृद्धि र सपनाहरु त्यतिकै अधुरो भएका छन्। यसले हामी सबैलाई चिन्तित तुल्याएको छ ।’ उनले चिन्ता व्यक्त गरे।

यसैगरी मन्त्री गिरीले विगत एकवर्ष पट्यारलाग्दो भएको दाबी गरे। गिरीका अनुसार वेरोजगारीले दैनिक २१ सयको संख्यामा विदेशीरहेको र देशभित्रका व्यवसायी आत्महत्या गर्ने बाटोसम्म पुगेको बताए। उनले यसक्रममा संसद भवन अगाडि भएको आत्मदाह प्रकरण नेपालमै केही गर्छु भन्ने युवाको निराशाको उपज भएको स्मरण गरे।

‘विगतको एक वर्ष फर्केर हेर्ने हो भने त यति पट्यारलाग्दो अवस्था भयो, यति निसासिदो अवस्था भयो सारा जनताहरुमा निराशा बढेको छ, विश्वविद्यालय(क्याम्पसहरु खाली भएका छन्। नेपाली युवाहरु दिनको २१ सय संख्यामा विदेश पलायन भइरहेका छन्’, उनले भने, ‘यो देशमा सारा उद्योग(व्यवसाय गर्छु भन्ने मान्छेहरु बैंकको व्याज तिर्न नसकेर मान्छे झुण्डिएर मर्ने स्थिति श्रृजना भएको छ, संसद भवन अगाडि आएर आफूलाई पेट्रोल खन्याएर आगो लगाएर मर्नुपर्ने अवस्था आएको छ।’

उनले जनतामा चरम निराशा बढेको र आत्मविश्वास गुमाएको अवस्थामा रहेको बताए।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ५६ बजे

रवि लामिछानेको मुद्दाको विषयबारे प्रहरीले सभामुखलाई जानकारी गरायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई पत्र

मध्यपुरबाट बिदा भए देवगण

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा,

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

जमिनमुनी गाडीएको सुन भन्दै २ करोड ठगी गर्ने एकजना पक्राउ

नेपालगन्ज । जमिनमुनी सुन छ भन्दै २ करोड ठगी गर्ने

सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको