५ चैत्र २०८१, मंगलबार | March 18, 2025

कांग्रेसकै व्यवहारले वामपन्थी र नयाँ शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको हो : दीनानाथ शर्मा



म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दीनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन् ।

म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा माओवादीका शीर्ष नेताहरुबीच विगतका कमजोरी सच्च्याएर सहकार्य गर्ने समझदारी बनेको पूर्वमन्त्री शर्माले बताए। राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियाका बाँकी कामलाई प्राथमिकता दिने सहमति भएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ०८ बजे

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

तनहुँ । जिल्लाको व्यास नगरपालिका-६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मत विभाजनबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

ऊर्जा मन्त्रालयले गठन गरेको छानबिन समितिलाई कामकाज गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत