बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी सरकारलाई दिँदै आएको समर्थन समर्थन फिर्ता लिएको छ ।
माओवादीको लुम्बिनी प्रदेशसभा संसदीयदलका नेता जोखबहादुर महरा र मुख्सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री डिल्ली चौधरीलाई पत्र लेख्दै सरकारलाई समर्थन नरहेको जनाएका छन् ।
माओवादीबाट सरकारमा सहभागी मन्त्री धनबहादुर मास्की र कृष्णा केसी (नमुना)लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरे लगत्तै माओवादीले समर्थन फिर्ता लिएको हो । मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए।
प्रतिक्रिया