५ फाल्गुन २०८१, सोमबार | February 18, 2025

टालिस्काको निर्णायक गोलमा अल नासर विजयी



काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेका हुन् ।

अल नासरको जितमा खेलको ८६ औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए । यस खेलमा उनले यसअघि ४६ औं मिनेटमा पनि गोल गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१ औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक एक गोल गरेका थिए । यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए ।

यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ । अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ । त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ०० बजे

मोटरसाईकल चोरी गर्ने बुटवलका २ सहित ५ जना पक्राउ

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट

‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले

प्रधानमन्त्री ओलीले दङ्गाली मतदाताको अपमान गरे : पूर्वमन्त्री रेखा शर्मा

दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री

देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन

चितवन । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१