५ चैत्र २०८१, मंगलबार | March 18, 2025

घरदेखि परको देश

कविता



घरदेखि परको देश
परदेश
हजुरआमाले मदानिमा बनाएको
नौनीबाट निस्केको घिउ देखि परको देश
आमाले बारीबाट टिपेर पकाएको
तरकारी र खाना पस्केको थालदेखि परको देश
बाबाले घरबाट निस्कने बेला थमाएको
गाडी भाडादेखि परको देश, परदेश।

घरदेखि परको देश
परदेश
ढलेको सिन्को नउठाउनेलाई
पसिनाको भारीको मुल्य बुझाइदिने देश
सानो तिनो कामलाई काम नठान्नेहरुलाई
काम ठुलो सानो हुदैन भनि चिनाइदिने देश
फलानो र ढिस्कानो भन्दै कुरा गर्दै बस्नेहरुलाई
मिनेट मिनेटको महत्त्व सिकाउने देश, परदेश।।

घरदेखि परको देश
परदेश
सबै आफ्नै गन्तव्यमा पुग्ने
आसमा दौडिएको देश
कोहि संघष गर्दै छन त
कोहि गन्तब्यमा पुगिसकेको देश
पुग्नेहरु आफ्नो धरातल बिर्सिएर
पैसा छ मसँग भन्दै सुनाउने परदेशीहरुको देश, परदेश।।।

घरदेखि परको देश
परदेश
आफ्ना र आफ्नो बीचको
भिन्नता देखिने देश
आमा–बाबा बाहेक भलो कसैले
चिताउदैन भनेर पाठ सिकाउने देश
बाहिर हास्दै भित्र–भित्रै मुरमुरियर जल्ने
आधुनिक नारदमुनिहरुको गोष्ठी हुने देश
फेदबाट भन्दा टुप्पोमा पलाएको परदेशीहरुको
धेरै चुरिफुरी देखिने देश, परदेश।।।।

घरदेखि परको देश
परदेश
आफ्नो धरातल बिर्सिएर
बिना पखेटा हावामा उडने परदेशिहरुको
देश, परदेश।
घरदेखि परको देश
परदेश।।।।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १९ बजे

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौं । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

तनहुँ । जिल्लाको व्यास नगरपालिका-६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मत विभाजनबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

ऊर्जा मन्त्रालयले गठन गरेको छानबिन समितिलाई कामकाज गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत