१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत



काठमाडौं । डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्।

उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खडायत र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। उनीहरूबाट सन्तानसमेत भए। श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खडायतले सिउँदो भने भरेका थिएनन्।

जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।

खडायतका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन्। उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए। विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिए। खडायत पडरे देउताका भणारेसमेत हुन्।

सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन्। महायज्ञका पुजारी शर्मानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ४२ बजे

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

उल्भरह्याम्टन । रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र

रुपन्देहीको रोहिणीमा अर्गानिक मल उत्पादन सुरु, भारतीय बजारमा समेत माग बढ्दो

बुटवल । रुपन्देहीमा अर्गानिक मल उत्पादन सुरु भएको छ ।

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा