कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको वस महेन्द्रनगर वाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुको सुरईनाकामा दुर्घटनामा परेको हो । सुनौलो यतायात प्रालिको उक्त वस सुरईनाका खोलाको पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खोलामा खसेको छ ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । कार्यालयका प्रहरी उपरीक्षक पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।
प्रतिक्रिया