२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

१७ औं मनमोहन स्मृति फुटबल : वडा नं १३ र ६ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १३ र ६ विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बिहिबार भएको पहिलो खेलमा वडा नं १३ ले वडा नं १९ लाई ट्राईबेकर तथा दोस्रो खेलमा वडा न ६ ले वडा नं. ३ लाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा वडा नं १३ र १९ निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा वडा नं १३ विजयी भयो । खेलमा वडा नं १३ का गोलकिपर जनक श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा वडा नं ६ को जितमा बिबेक सिजाली मगर, अवेश शाही, सफल गुरुङले गोल गरेका थिए । वडा नं ३ का पुजनले आत्मघाती गोल गर्दै विपक्षी टिमलाई अग्रता दिलाइ । खेलमा वडा नं ३ का सुभाष श्रेष्ठले सान्त्वना गरेका थिए ।

खेलमा वडा नं ६ का गोलकिपर सन्देश खनाल म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए ।
प्रतियोगिता अन्तरगत शुक्रबार बिहान पहिलो खेलमा वडा नं ९ र गतवर्षको उपविजेता वडा नं ८ तथा दोस्रो खेल दिउँसो वडा नं ७ र १४ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ५८ बजे

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका