२२ असार २०८१, शनिबार | July 6, 2024

काठमाडौंमा यस वर्षकै न्यून तापक्रम



काठमाडौं । हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ ।

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

आज बिहान पाँच बजेतिर न्यूनतम तापक्रम दुई दशमलव नौ डिग्री मापन भएकामा अहिले विहान ८ः४५ बजेको समयमा झरेर न्यूनमत तापक्रम दुई दशमलव पाँच डिग्री मापन गरिएको छ । दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री मापन भएको थियो ।

जुम्लामा माइनस पाँच दशमलव तीन र मुस्ताङको जोमसोममा माइनस पाँच दशमलव पाँच डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए । उनले अहिले गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको बताए । अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको उनले बताए । तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुन्छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ११ : १८ बजे

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु

बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा

दाङ । बाढीमा परी यहाँ एक जना बेपत्ता भएका छन्

कालीगण्डकी र सेतीखोलामा बहाव बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा

पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम

मधेस मुख्यमन्त्रीद्वारा छजना मन्त्री पदमुक्त

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्