२३ चैत्र २०८१, शनिबार | April 5, 2025

कालिगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका १, स्थित कालिगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

कालिगण्डकी करिडोर सडकखण्ड अन्तर्गत रम्भा १ भोवरमा ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटनामा परी २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार राति करिब ११ बजेको समयमा बुटवलबाट रम्भा १ असेर्दी घरतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो । जिटीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त मोटरसाइकल सडकदेखी झण्डै २ सय मिटर तल कालिगण्डकी किनारामा खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि रामपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ३२ बजे

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको