२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सीसीएमा अध्ययनरत सुशान्त बने एसीसीए परीक्षामा ‘वर्ल्ड टपर’



काठमाडौं । काठमाडौंस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)मा अध्ययनरत सुशान्त यादव एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को डिसेम्बर २०२३ सेसनमा ‘वर्ल्ड टपर’ भएका छन् ।

यादवले एफएम (फाइनान्सिएल मेनेजमेन्ट) पेपरमा ९९ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्।

सन् २०२२ देखि एसीसीए अध्ययनरत यादवलाई सीसीए कलेजले ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

हालै मात्र कलेजको उत्कृष्ट शिक्षा, व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीएले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउन सफल भएको छ । सीसीएले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आएको छ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो।

१७९ देशमा फैलिएको एसीसीएमा पाँच लाख ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : १२ बजे

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।