३ आश्विन २०८१, बिहिबार | September 20, 2024

संविधान कार्यान्वयन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राष्ट्रपतिको आग्रह



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताउँदै सङ्घीय संसद्मा रहेका दललाई संविधान कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन बनाउन आग्रह गरेका छन् ।

माघीका अवसरमा शीतल निवासमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सम्बोधन गर्दै उनले समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे ।

राष्ट्रपतिले भने–“यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । जनतालाई यो अधिकार दिइएकामा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । संविधान व्यावहारिक रूपमा पूर्णरुपेण कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न शीघ्र कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गरौँ ।” उहाँले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे । “नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन् । उनीहरूको चाहनाअनुसार अगाडि बढ्ने हो । त्यसैले समावेशी सङ्घीय लोकातान्त्रिक गणतन्त्रलाई साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सवै मिलेर आजको दिनमा प्रण गरौँ,”राष्ट्रपति पौडेललाई उद्धृत गर्दै राष्ट्रपतिको निजी सचिवालयका एक अधिकारीले बताए ।

त्यस अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्ष, सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका संसदीय दलका नेता, संसदीय समितिका सभापति र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ५१ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day