३ मंसिर २०८१, सोमबार | November 18, 2024

अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका



अयोध्या । राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् ।

गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ। यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ।

अयोध्यामा बनिरहेको राम मन्दिरमा सुनको ढोका लगाइँदैछ । यो ढोका करिब १२ फिट अग्लो र ८ फिट चौडा छ। राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् । गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको पर्खाल राजस्थानको बन्सी पहारपुरको नक्काशीदार ढुङ्गाबाट बनाइएको छ। राम मन्दिरको ढोका महाराष्ट्रको सागौन काठबाट बनेको छ । यो ढोका एक हजार वर्षसम्म उस्तै रहनेछन।

हैदराबादका कारीगरहरूले महाराष्ट्रको सागौन काठबाट राम मन्दिरको ढोका बनाइ रहेका छन्। यी ढोकाहरूमा सुन लगाउने काम दिल्लीमा भइरहेको छ। राम मन्दिरमा जम्मा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटामा १०० किलो सुनको लेप हुनेछ । गत सोमबार पहिलो ढोका जडान गरिएको थियो।

अयोध्याको राम मन्दिरमा सुनको ढोका लगाउने काम धमाधम भइरहेको छ । यसैबीच, पहिलो सुनौलो ढोकाको पहिलो तस्वीर बाहिर आएको छ। यो ढोका रामलालाको गर्भगृहको मुख्य ढोका हो। जानकारीका अनुसार माघ २२ गते प्राण प्रतिस्थाअघि ढोका जडानको काम पूरा हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ४७ बजे

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई

पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २०

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

आजबाट अल्फाबिटाको सेवा नेपालगन्जबाट

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आजबाट आफ्नो शाखा नेपालगन्जमा