यो कल्पना
यो सृजनामा
कसरी आउँदोरहेछ
बडो तन्मयमताका साथ सोचेँ
कुनै बेला सम्झेका कुरा
जीवनका हरेक मोडमा
प्रभावित पार्दोरहेछ
आफूभित्रको
अनुभूतिले
जीवनजगतका कुरा
मानवीय संवेदनाको गहिराइमा
अनुभूति हुन्थ्यो
यो कस्तो लालित्य हो
मनमस्तिष्कमा
भावुक दिल बनाउँदै
आकाशमा उडेका
मूर्त
अमूर्त आकृतिझैँ
सृजनाको मूल निस्कँदा
सम्झेँ यही साहित्य हो
प्रेमिल
कुटिल
पूर्व
अपूर्व
परिभाषाभित्र फैलिँदोरहेछ
साहित्य बनेर
अनेकौँ बिम्ब
प्रतिबिम्ब
बोकेर आउँछ
समाज
सामजिक विषय
सांसारिक
लोक
परलोक
आत्मा
भौतिक
युगयुगान्तर
देशदेशान्तर
समेट्दै
इतिहासको
कालखण्डमा जन्मिएको
काव्यरचना हो
साहित्य भनिन्छ
समाजको जिउँदो
दर्पण हो
राजनीतिको
कालो पर्दा मेटाउने
विकृतिलाई हटाउने
सामाजिक
सञ्चारलाई भेटाउने
वर्तमान अवस्थाको चित्रण गर्दै
भविष्यको आशा
भरोसा
जीवन देखाउने
भावनाले भरिएको
काव्यिक संरचना हो
साहित्य!
जसले साहित्यको मर्म
जीवनको कर्म
मानवीय धर्म बोक्छ
त्यो हो साहित्य!
जसले सृजना गर्छ
त्यो हो साहित्यकार!
साहित्यका
अनेकौँ विधा छन्
कथा
कविता
उपन्यास
जीवनी
कविताभित्र पनि
अनेकौँ विधा
यो विधा छन्
गद्य कविता
पद्य कविता
गद्य कविता भनेको
निर्मल प्राकृतिक रूप हो
भाषाशैलीले
साहित्यको मुटु हो
जुन कुरा
अभिव्यक्त गर्न
अनेकौँ बिम्बप्रतिबिम्ब
प्रस्तुत गरेका हुन्छौँ
हाम्रा हरेक दैनिकीहरू
साहित्यका अतिरिक्त
कोरा कल्पनामा
सिर्जित हुन्छन्
शब्दबाट व्यक्त गरिन्छ
अनि साहित्य जन्मिन्छ
साहित्य बहुरूपी हुन्छ
अन्तरङ्ग दृश्यभित्र पग्लिन्छ
करुणा
दयामाया
ममता
केके देखाउँछ
युद्धको कारुणिक कहानी
जवानीको जोशजाँगर
धार्मिक संरचनाको अनुभूति
पुनर्निर्माणको जागरण गराउँछ
साहित्य आगो बन्छ
साहित्य पानी हुन्छ
साहित्य जीवनदर्शन हो
मृत्युको आवाज सुनेर
जीवन नै
बदलेर अगाडि बढाउँछ
साहित्य जिजीविषा हो
उत्साह दिन्छ
साहित्य मुमुक्षु सम्झाउने
ज्ञान हो
शून्यदेखि
शून्यसम्म
प्रेमदेखि
त्यागसम्म सिकाउँछ
साहित्य लिखित
दस्तावेज हो
साहित्य सामजिक
विषय हो
चिन्नु पर्छ
जान्नु पर्छ
कला सङ्गीतलाई जोड्ने
पुल हो
साहित्य१
जसले साहित्य बुझ्दैन
जीवन नै बुझ्दैन
तसर्थ
मलाई
हजुरजस्तै
सर्जकको खाँचो छ
साहित्यकारका
नवीनतम सृजनाहरू
मानवीय सहयोगका लागि
चाहिन्छ
साहित्य!
साहित्य!!
साहित्य!!!
प्रतिक्रिया