धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । यस प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । खासगरि बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।
भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ ।
प्रतिक्रिया