२ चैत्र २०८१, शनिबार | March 15, 2025

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते



बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा रिब्दीकोट ३ का अन्दाजी ३० वर्षीय विष्णु ढकाल रहेकाछन् भने दाङ घोराही उपमहानगरपालिका १२ का इमराज पुन र रोल्पा त्रिवेणी ५ का हिमाल घर्ती गम्भीर घाइते भएकाछन् । टिप्पर चालक दाङ घारोही १६ का अजय चौधरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुल्मी पाल्पा सडक खण्डमा गुल्मीबाट पाल्पा तर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिप्पर पाल्पाको लघुवामा सडकमा ब्याक हुन गई सडकबाट १५० मिटर तल खसेको थियो । घटनास्थलबाट उद्दार गरि घाइतेहरुलाई युनाइटेड अस्पताल पुर्याइएकोमा चिकित्सकले ढकाललाई मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

घाइतेहरुको मिशन अस्पतालमा उपचार जारी रहेको र टिप्पर तथा चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ५६ बजे

दुर्घटनामा एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२