२३ भदौ २०८१, आइतबार | September 8, 2024

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सुरु हुँदैछ । यसअघि मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुनेछ ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । एकीकृत समाजवादीले माघ १४ र १५ गते विधान मस्यौदामाथि छलफल गर्ने गरी केन्द्रीय परिषद् बोलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ४६ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर