१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

३० लाख धरौटीमा पूर्व गृहमन्त्री खाँणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । थुनामा पठाउनुपर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै उच्च अदालतले खाँणलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गर्दै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएर न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए । कोइरालाको इजलासले पाण्डेको रायमा सहमति जनाएसँगै खाँण धरौटीमा छुट्ने भएका हुन् । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो ।

अदालती बन्दोबस्तीका अनुसार उच्च अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन भने पाउने छन् भने खाँणले पनि आफूलाई धरौटीमा छाड्‍ने आदेश गलत भएको भन्‍दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउनेछन् ।

नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ५२ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध