९ पुस २०८१, मंगलबार | December 24, 2024

पशुपतिमा आज नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने



काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो ।

पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । यी सामग्री हरेक वर्ष दुई पटक देखाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ ।

यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम छ ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहबरमा राख्ने गरिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ०० बजे

एकीकृत समाजवादी : गण्डकी प्रदेशको अधिवेशन पोखरामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम

स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री सारुको निर्देशन

देउखुरी । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र

लुम्बिनी सिटी अस्पतालमा दुरविनपद्धतीबाट पाठेघरको अप्रेसन

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर-८ मा रहेको लुम्बिनी सिटी

झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल

ताप्लेजुङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन्

जुम्लामा लोप हुँदै तरबार नाच

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो