२ बैशाख २०८२, मंगलबार | April 16, 2025

लोकगायक विष्णु र गायिका सुनिताको पञ्चेबाजा भाकाको ‘बागलुङ कालिकामा’



काठमाडौं । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ । सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ ।

आशिष अविरलको संगीत संयोजन रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ । कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन् । गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिकालगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसंग जोडिएको छ । भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको गायक खत्रीले बताए ।

उनका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए । लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन् । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : २५ बजे

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली बर्दघाटमा

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत

पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ ।

बुटवलमा उत्पादीत भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीलाई देशैभर बिक्रि वितरणमा रोक

काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति