३ चैत्र २०८१, आइतबार | March 16, 2025

शहरभरी स्वास्थ्य संस्था र अस्पताल भएको नेपालगन्जमा नै मातृ मृत्युदर उच्च



नेपालगन्ज । साबिक मध्य र सुदुरपश्चिम तथा हाल आधा लुम्बिनी, पुरै कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफरल सेन्टरकोरुपमा रहेको बाँकेको नेपालगन्ज आफैमा मातृ मृत्यदर उच्च रहेको शहरकारुपमा रहेको एक तथ्याँकले देखाएको छ । ठुलो संख्यामा विशषज्ञ चिकित्सकको सेवा र सुबिधा सम्पन्न अस्पतालको केन्दै रहेरपनि नेपालगन्जमा मातृ मृत्यु दर उच्च रहेको स्वास्थ्य कार्यालयको तथ्याँकले पुष्टि गरेको छ ।

सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पहुँच भएको नेपालगन्जमा मातृ मृत्यु दर जिल्लाका अन्य पालिकाको तुलनामा उच्च रहेको देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र चालु आर्थिक वर्षमा तीन जना आमाको मृत्यु भइसकेको छ भने गतवर्ष यहाँ पाँच जना आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या पनि कम छैन । गतवर्ष बाहिरी जिल्लाबाट उपचार गर्न आएका सात जना गर्भवतीरसुत्केरीको नेपालगन्जमा मृत्यु भएको थियो ।

बाँकेमा पालिकागतरुपमा हेर्दा नेपालगन्जपछि नरैनापुरमा धेरै आमाको मृत्यु भएको छ । गतवर्ष नरैनापुरमा चार जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । खजुरा गाउँपालिकामा तीन जना, राप्तीसोनारी गाउँपालिकामा दुई जना, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकामा एक/एक जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९-८० मा बाँकेमा १८ जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८-७९ मा बाँके र बाहिरी जिल्लाका गरी ३२ जना र आर्थिक वर्ष २०७७-७८ मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा ४७ जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो ।

अस्पतालहरुको हवकारुपमा विकास भएको बाँकेका नेपालगन्ज र कोहलपुरसम्म पुग्न सडक सञ्जालको सम्पूर्ण सुबिधा रहेरपनि जिल्लामा मातृ मृत्युदरमा कमी नआउनु अध्ययनको विषय बनेको छ ।

सरकारी निकायले समयमा गर्भ जाँच नगराउने र समयमा अस्पताल वा स्वास्थ्य संस्था नपुग्दा मृत्यु हुने गरेको दाबी गरेपनि अस्पतालमा पुगेका आमाहरुको मृत्यु हुने गरेको तथ्याँकमा देखिएको छ । सरकारी निकायले भने गर्भवती/सुत्केरीको मृत्यु बढी हुनुमा अपवादबाहेक घरपरिवार नै जिम्मेवार रहने आरोप लगाउँदै आएका छन् । घरपरिवारले सकेसम्म घरमै सुत्केरी गराउने प्रयास गर्ने र अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा लैजाने गरेकाले आमाको मृत्यु भइरहेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । नियमित गर्भ जाँच गर्न भनिएपनि लापरबाही गर्ने गरिएको उनीहरुले भन्ने गरेका छन् ।

‘सरकारले नियमित गर्भ जाँच गर्नेलाई पैसा दिने गर्दछ । पैसाको सुविधा दिंदा पनि नियमित गर्भ जाँच गरिदैन । नियमित गर्भ जाँच नगरेपछि बच्चा र आमाको अवस्था थाहा हुँदैन ।’ एकजना स्वास्थ्य अधिकारीले भने ।

नियमित गर्भ जाँच गर्ने र समयमै स्वास्थ्य संस्थामा पु¥याउदा गर्भवती/सुत्केरीको मृत्यु हुने संभावना कम हुने स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी श्रेष्ठले बताए ।

बाँकेमा आमामात्रै होइन, नवजात शिशुको मृत्यु दर पनि उच्च रहेको छ । आर्थिक वर्ष २०७९-८० मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा १ सय ४२ जना नवजात शिशुको मृत्यु भएको छ । नेपालगन्जमा ९७ जना, कोहलपुरमा ३३ जना, नरैनापुर र डुडुवा गाउँपालिकामा ४-४ जना, खजुरा र राप्तीसोनारी गाउँपालिकामा २-२ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७८-७९ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी बाँकेमा २ सय ५० जना नवजात शिशुको मृत्यु भएको थियो । नेपालगन्जमा १ सय ६० जना, कोहलपुरमा ६२ जना, राप्तीसोनारीमा ९ जना, जानकी गाउँपालिकामा ७ जना, बैजनाथ र खजुरा गाउँपालिकामा ५-५ जना र नरैनापुरमा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आर्थिक वर्ष २०७७-७८ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी २ सय ३७ जना नवजात शिशुको बाँकेमा मृत्यु भएको थियो । सो अवधिमा नेपालगन्जमा १ सय २७ जना, कोहलपुरमा ७० जना, डुडुवामा ११ जना, नरैनापुरमा १० जना, राप्तीसोनारीमा ६ जना, बैजनाथमा ५ जना, खजुरा र जानकी गाउँपालिकामा ४-४ जनाको मृत्यु भएको थियो ।

बाहिरी जिल्लाका विरामीलाई नेपालगञ्ज र कोहलपुरका अस्पतालमा उपचार गराउन ल्याउने भएकाले यहाँ नै बढी मृत्यु दर देखिएको हो ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ४६ बजे

पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा

बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना

काठमाडौं। बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन्

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन