३० चैत्र २०८१, शनिबार | April 12, 2025

लुम्बिनी आइपुग्यो एमालेको ‘समृद्धिका लागि संकल्पयात्रा’



काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्पयात्रा’ लुम्बिनी प्रदेश आइपुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा टोली सुदूरपश्चिम र कर्णालीको यात्रा सकेर मंगलबार साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको हो ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो यात्राका क्रममा सबैभन्दा लामो दूरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको हो ।

गौतमका अनुसार अध्यक्ष ओलीले बिहान ९ बजे स्थानीय नेता कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशको बागलुङस्थित बुर्तिबाङमा बिहानको खाना खाने तयारी छ । अध्यक्ष ओलीले आज लुकुम र खर्बाङमा स्थानीयबासिन्दासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् ।

नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवात बैतडीको झुलाघाटबाट पूर्वसीमा विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ०४ बजे

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले

पार्किन्सन रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने विधिको विकास

जेरुसेलम। इजरायली अन्वेषकहरूले पार्किन्सन रोगको लक्षण देखिनु भन्दा धेरै अघि

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको