१० बैशाख २०८२, बुधबार | April 23, 2025

पक्राउ पूर्जी – शान्तिपूर्ण निकासको पहलमाथिको विध्वंसात्मक हमला : विप्लव

पक्राउ पूर्जी विरुद्ध आन्दोलनको घोषणा



काठमाडौं । आफ्ना महासचिवसहित कैयौं नेताविरुद्ध अदालतद्वारा पक्राउ पूर्जी जारी भएपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट मंगलबार ३५ दिने सूचना जारी गर्दै पक्राउ पूर्जी जारी भएपछि विप्लव नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

नेकपा महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै पक्राउ पूर्जी गैरकानूनी, अराजक र विध्वंसात्मक हमला समेत भएको उल्लेख गरेका छन् । यसबाट २१ फागुन २०७७ मा सरकारले आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला भएको उनले जनाएका छन् ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ ।’

आन्दोलनको कार्यक्रमअन्तर्गत १९ गते साँझ मसाल जुलुस गर्ने, पक्राउ पूर्जी जारी गर्ने न्यायाधीशको २० गते पुत्ला जलाउने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले जनाएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ०५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले

जम्मु कश्मीरमा हत्या गरिएका बुटवलका सुदीप न्यौपाने प्रति नगर प्रमुख पाण्डेयले गरे शोक व्यक्त

बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक