२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

मोटरसाइल चोरीको २२ उजुरीमा ७ जना चोर सहित ७ मोटरसाइल फेला



नेपालगन्ज । बाँके प्रहरीमा २२ वटा मोटरसाइकल चोरी भएकोे उजुरी परेकोमा ७ वटा मोटरसाइकल र ७ जना मोटरसाइकल चोर्ने व्यक्ति प्रहरीले फेला पारेको छ ।

प्रहरीको पछिल्लो सफलतामा चोरी भएको डुडुवा गाउँपालिकाका लेखा अधिकृतले चढ्ने मोटरसाइकल प्रहरीले चोर सहित फेला पारेको छ । भे १ व १७९६ नम्बरको मोटरसाइकल नेपालगञ्जको कारकादोबाट चोरी भएको थियो । प्रहरीले कारकादोबाटै भारत बहराइच थाना रुपैडिहा नानपारा बस्ने २० वर्षको अमन श्रीवास्तवलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

गत १४ गतेपनि प्रहरीले २ जना चोर सहित एक मोटरसाइकल स्वरुप परिवर्तन गरेको अवस्थामा फेला परेको थियो । मोटरसाईकल चोरीको आरोपमा १४ गते पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनार रहेका थिए ।

पक्राउ परेकाहरुबाट प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रंग परिवर्तन गरेको अवस्थामा बरामद गरेको थियो । उनीहरुलाई प्रहरीले कारकादोको जनता ग्यारेज अगाडिबाट पक्राउ गरेको थियो ।

पछिल्लो दुई महिनायता नेपालगञ्जमा २२ वटा मोटरसाइकल चोरी भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्येमा सात जना चोर र सात वटा मोटरसाइकल प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : १६ बजे

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना