२ मंसिर २०८१, आइतबार | November 17, 2024

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित



पोखरा । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो ।

खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो ।

टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक निलोलाई १७.५ ओभरमा ६७ रनमा रोक्न सफल भयो । ओपनर रोनिम तिवारीलाई फिर्दोश अन्सारीले सून्य रनमा पेभिलियन फर्काए पछि आयोजक निलो दवावमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोड्नु बाहेक चार जना खेलाडी डक आउट हुँदै पेभिलियन तिर फर्किए ।

आयोजकलाई सस्तैमा समेटन म्यान अफ दि म्याच समेत रहेका सर्वण यादवले ३ं.५ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २-२ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाए । तेश्रो क्रममा आएका मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे । उनी शुभम खनालको बलमा आउट भए ।

भोली विहिबार पोखरा रंगशालामा दुई सेमीफाइनल खेल सम्पन्न हुनेछन् । पहिलो खेल विभागिय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशका विच हुनेछ । फाइनल खेल शुक्रबार ११ बजे सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : ५३ बजे

हात्तीको आक्रमणबाट मृत्यु

झापा । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका-३ दिपज्योति

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

डोटी । शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा

देउवा दम्पती उग्रतारा मेलामा

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ स्थित खारुङगाउँ विसं २०७२