२९ पुस २०८१, सोमबार | January 13, 2025

आज बिहानैबाट काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा



काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समुहले काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आज बिहानैदेखि काठमाडौंका चोक-चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् । शंकास्पदस्थानहरुमा विशेष तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।

प्रदर्शनमा अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरक्षा व्यवस्था मिलाउन उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ । सो कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहने प्रबन्ध मिलाइएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

एमाले युवा विद्यार्थीले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर प्रदर्शन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिइएको प्रसाईं समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट र्‍याली निकाल्ने जनाएको छ भने महेश बस्नेतको अगुवाईमा एमाले युवा विद्यार्थीले भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने गरि रुट तय गरेको छ ।

प्रहरीले सीसीटीभीबाट जुलुसको निगरानी गर्नुका साथै बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि प्रदर्शनको निगरानी गर्ने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर-माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत क्षेत्रका वरपर निषेधाज्ञा जारी गरेको छ भने ललितपुर प्रशासनले पनि पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।

ट्राफिक प्रहरीको एफएमले पनि सडकको अवस्थाबारे निरन्तर जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : १६ बजे

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ

जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द

पर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि