१ चैत्र २०८१, शुक्रबार | March 15, 2025

बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज



गलकोट । बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ । परीक्षण गर्न नयाँ उपकरणको व्यवस्था गरिएको छ ।

धौलागिरि अस्पतालमा रहेको क्षयरोग उपचार केन्द्रमा यसअघि क्षयरोग छ/छैन मात्रै पत्ता लगाउने उपकरण थियो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले नयाँ उपकरण भित्र्याएको हो । उक्त उपकरण हाल धवलागिरि अस्पतालसहित देशभरका छवटा क्षयरोग उपचार केन्द्रमा मात्र छन् । ४० लाख लागतको उपकरण धवलागिरि अस्पतालमा मंगलबारदेखि परीक्षणका लागि जडान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका प्रयोगशाला निरीक्षक ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

अस्पतालमा सात वर्षदेखि क्षयरोग उपचार केन्द्र रहे पनि औषधि चलाउन दोस्रो चरणको परीक्षणका लागि खकार काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । अब बागलुङमा क्षयरोगको पहिलो र दोस्रो लाइनको परीक्षणसहित उपचार गरिने भएपछि बागलुङसहित छिमेकी जिल्लाका क्षयरोगीलाई सहज हुने प्रयोगशाला निरीक्षक भुसालको भनाइ छ ।

“क्षयरोगी र प्रतिरोगी दुवैको परीक्षण र उपचारका लागि उपकरणले सहायता दिनेछ, क्षय प्रतिरोगीको उपचारका लागि खकार परीक्षण कुरियरमार्फत काठमाडौं पठाउनुपर्ने बाध्यता थियो, त्यो अन्त्य भएको छ”, उनले भने, “क्षयरोग भए÷नभएको त पत्ता लगाउने व्यवस्था धवलागिरि अस्पतालमा थियो तर क्षयरोगको अवस्था, जीवाणु र कुन औषधि चलाउने भन्ने विषयमा काठमाडौं नै परीक्षणका लागि पठाउनुपर्ने थियो, धवलागिरि अस्पतालमा क्षयरोगको दोस्रो लाइनको परीक्षण भएपछि उपचारमा ठूलो राहत हुन्छ ।”

उक्त उपकरण विश्वकै आधुनिक उपकरण भएकाले क्षयरोग नियन्त्रणमा उपकरणले सहयोग गर्ने छ । धौलागिरि अस्पतालमा यसअघि रहेको क्षयरोग छ अथवा छैन भनेर पत्ता लगाउने उपकरण भने बागलुङ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य कार्यालय बागलुङ क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त क्षयरोग र क्षय प्रतिरोग पत्ता लगाउने उपकरणले बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत, गुल्मी र रुकुम जिल्लालाई समेत फाइदा पुग्नेछ । जिल्लामा क्षयरोगीको संख्या ४५ रहेको घिमिरेले जानकारी दिए । रासस

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : ३२ बजे

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली

नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on