९ आश्विन २०८१, बुधबार | September 25, 2024

मंसिरका लागि वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कसको कति ?



काठमाडौं । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेको भन्दै अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैङ्कहरूले मङ्सिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका हुन् ।

२० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैङ्कले कात्तिककै ब्याजदरलाई यथावत् कायम राखेका छन् । प्राइम कमर्शीयल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर यथावत् रहेको जनाएका छन् भने माछापुच्छ्रे बैङ्कले मङ्सिरमा निक्षेपको ब्याजदर बढाएको छ । त्यसबाहेकका अरू सबै बैङ्कले मङ्सिरमा ब्याजदर घटाएका छन् ।

कात्तिकको तुलनामा मङ्सिरमा वाणिज्य बैङ्कले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मङ्सिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ ।

मङ्सिरमा वाणिज्य बैङ्कहरूबिच निक्षेपको ब्याजदर १.६३५ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले १०.६०३ प्रतिशत र न्यूनतम दिने ८.९६८ प्रतिशत ब्याजदर दिने भएका छन् ।

अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएको यो लगातार दोस्रो महिना हो । कात्तिकमा पनि २० मध्ये १४ वाणिज्य बैङ्कले ब्याजदर घटाएका थिए ।

कसको ब्याजदर कति

सबैभन्दा धेरै निक्षेपको ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क परेको छ । कात्तिकको तुलनामा मङ्सिरमा एनआइसीले २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। कात्तिक महिनामा ११.००३ प्रतिशत रहेको बैङ्कको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ८.९६८ प्रतिशतमा झारेको छ ।

एनएमबी बैङ्कले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएको छ । कात्तिकमा ११.००३ प्रतिशत रहेको एनएमबीको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ९.७६ प्रतिशतमा झारेको छ ।

मङ्सिरमा ३ बैङ्कले सबैभन्दा धेरै १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् । हिमालयन, नेपाल एसबीआइ र माछापुच्छ्रेले व्यक्तिगत मुद्दतीमा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका हुन् । त्यस्तै, प्राइम कमर्शीयल, लक्ष्मी सनराइज र कुमारी बैङ्कले १० प्रतिशत बढी ब्याजदर दिने भएका छन् ।

मङ्सिरमा निक्षेपको सबैभन्दा कम ब्याजदर एनआइसी एसिया र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रहेको छ । यसले व्यक्तिगत मुद्दतीमा ८.९६८ प्रतिशत ब्याजदर दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड ८.९७ प्रतिशत, सानिमा, प्रभु, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैङ्कले ९ प्रतिशत ब्याजदर दिने भएका छन् ।

नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास, ग्लोबल आइएमई, एनएमबी, सिटिजन्स र सिद्धार्थ बैङ्कले ९ देखि १० प्रतिशतको बिचमा ब्याज दिने भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ३ : ४२ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

बिआरआइ परियोजनालाई राष्ट्र र जनताको हितमा सदुपयोग गर्न गहन चिन्तन गरौँः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको बार बेञ्च समन्वय

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।