९ कार्तिक २०८१, शुक्रबार | October 26, 2024

सरकारी निर्णय अवज्ञा गर्दै गोरखापत्रको अनलाईनले राखेन नेपाल संवत्



नेपालगन्ज । सरकारले नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेपनि सरकारकै स्वामित्वमा रहेको गोरखापत्रको अनलाईन् संस्करणले आफ्नो प्रकाशनमा नेपाल संवत् प्रयोग गरेको छैन । यसवर्षको नेपाल संवत् सुरु भएको गत २८ गतेबाट सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने सरकारी निर्णयको गोरखापत्रले अवज्ञा गरेको हो ।

नेपाल संवत् ११४४ प्रारम्भ भएको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्दै सोही दिन (कार्तिक २८) बाट सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने घोषणा गरेका थिए।

नेपाल संवत्लाई मौलिक संवत्‌ भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल संवत्का प्रवर्द्धक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।​

विसं २०६५ मा तत्कालिन प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा काठमाडौंमा अझै छ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को सुरुवात गराएको इतिहासकारहरुले बताउँदै आएका छन्।

 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : २० बजे

बर्दियाका शिक्षकलाई लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षाशास्त्रमा क्षमता निर्माण तालिम

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित

बाँके र बर्दियाको सीमाक्षेत्रका वडा अध्यक्षसंग सशस्त्र प्रहरीको छलफल

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासंग जोडिएका स्थानिय

नेपाल संवतमा नेपालगन्जमा भिन्तुना र्‍याली

नेपालगन्ज । नेपालीहरुको मौलिक संबत नेपाल संवत ११४५ को अवसरमा

‘सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक’

नेपालगन्ज । सरकारको गलत नीतिका कारण सिमावर्ती वजारहरुको अवस्था नाजुक

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले