२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

एक स्थान सुधार गर्दै तेस्रो बन्न सफल भयो लुम्बिनी प्रादेशिक अस्पताल



बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

गत वर्ष यो अस्पताल लुम्बिनी प्रदेशमा चौथो हुन सफल भएको थियो । अस्पतालमा ३ दिनदेखि जारी कार्यशालाको समापन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान व्यक्त गरे । विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिँदै उनले थप प्रगतिको कामना गरे । यसैगरी लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद प्रसाद गिरीले अस्पतालाई थप सेवाग्राही समर्पित गराउन आग्रह गरे ।

अस्पतालले पछिल्लो आर्थिक वर्ष ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरंग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षभको भन्दा १५ हजार ७०२ ले बढी हो । अस्पतालमा अघिल्लो आर्थिक वर्ष (२०७८/७९) मा २ लाख ८६ हजार ९९४ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १ लाख २२ हजार ८६४ जनाले सेवा लिएका थिए ।

आकस्मिक कक्षतर्फ पनि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो वर्ष अस्पतालमा ६७ हजार ५६१ जनाले आकस्मिक सेवा लिएका थिए भने त्यस अघिको वर्ष २०७८÷७९ मा ५५ हजार ६२१ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ४४ हजार ८१३ जनाले आकस्मिक कक्षमा सेवा लिएको मेडिकल सुपेरिटेन्डेन थापाले जानकारी दिए ।

यसैगरी अस्पतालले सेवा विस्तारसँगै गत महिनादेखि बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरेको छ । अस्पतालले यसअघिनै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ११ : ५५ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका