२० चैत्र २०८१, बुधबार | April 2, 2025

दश महिनामा आठ लाख पर्यटक भित्रिए



काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल आएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : ४५ बजे

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

काठमाडौं। भुकम्प पीडितलाई राहात सामाग्री बोकेर नेपाली सेनाको टोली म्यान्मारतर्फ

स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल