३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल आयल निगमले शनिबार रातिदेखि लागुगरेको मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको छ । अब निगमले विज्ञप्ति नै जारी गरेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिएका छन् ।

नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १ : २४ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य