बुटवल । भारतिय बाटो हुँदै रुपन्देही प्रवेश गरेका पर्यटकलाई स्वागत गर्दै भैरहवामा ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ । नाट्टा लुम्बिनी प्रदेश समितिले बेलहिया नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरेर पर्यटन दिवस मनाएको हो ।
नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा सहितको टोली आज बिहानै पर्यटक स्वागतका लागि बेलहिया नाका पुगेका थिए । टोलीमा कार्य समितिका पदाधिकारी सदस्य तथा सुरक्षाकर्मी सहभागी रहेका थिए ।
नाट्टाले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने ५ जना विदेशी पर्यटकलाई सुरुवाती स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उनले आज दिनभरी नै नवश्व पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने गरि तयारी गरिएको बताइन् ।
नेपाल प्रवेश गर्ने जापानी मूलका ५ अमेरिकी नागरिकलाई नाका पुगेको टोलीले नेपाली संस्कृति अनुसार स्वागत गरेका थिए । दिवसको समापन भने १३ गते जितगढ़ीमा काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर गरिने पन्तले बताइन् ।
प्रतिक्रिया