४ चैत्र २०८१, सोमबार | March 17, 2025

बाल सुधार गृहका बालबन्दीले प्रहरीको पेस्तोल खोसे



नेपालगन्ज । बाँकेको जयेन्दु बाल सुधार गृहमा आजपनि दिनभरी झडप र तोडफोड चलिरहेको छ । बालबन्दीलाई सम्झाउन भन्दै बालगृहमा प्रवेश गरेका प्रहरी सहायक निरीक्षकको पेस्तोल बालबन्दीहरुले कब्जा गरेको स्रोतले दाबी गरेको छ ।

बिहीवार राती १० बजेदेखि नै आपसमा भएको झडपपछि तोडफोड र आगजनीमा उत्रिएका बालबन्दीले प्रहरीको मोटरसाइकल, कागजपत्र जलाउनुका साथै आज पेस्तोल नै कब्जामा लिएको स्रोतको दाबी छ ।

लगातार तोडफोडमा उत्रिएका बालबन्दीलाई सम्झाएर वार्तामा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तोडफोड गरिएको भवनका बालबन्दी आज अपरान्ह प्रहरीसँग वार्ताका लागि बाहिर आएका छन् । दुईवटा भवनमा रहेका बालबन्दीहरु मध्य एउटा भवनमा रहेकाहरुमात्र तोडफोडमा उत्रिएका थिए । अर्को भवनका बालबन्दी शान्त रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले बाल सुधार गृह परिसरभित्र पसेर माइकबाट सम्झाएपछि दुई जना नाइके तल झरेको बताइएको छ ।

दुई पक्षको झडप, तोडफोड, आगजनी, भागाभागले गर्दा रातभरी नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सुधार गृहबाट बाहिरिएका ४ जना बाहेक सबै प्रहरी नियन्त्रणमा आइसकेका छन् ।

आज मध्यान्ह सम्मपनि स्थिती काबुमा नआएपछि लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशी र लुम्बिनी ट्राफिकका एसपी कृष्णप्रसाद प्रसाई नेपालग आएका छन् ।

झडपमा ११ जना घाइते भएकोमा एक जनाको मृत्यु भएको छ । १० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ३७ बजे

ललितपुर उद्योग वाणिज्य सङ्घ ५८ वर्षमा : निजी क्षेत्रमा अख्तियारको हस्तक्षेप नहुने भएपछि महासंघ खुसी

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै

पूर्व विशिष्टलाई सेवासुविधा दिन कानुन बन्दै गरेको गृहमन्त्रीबाट स्वीकार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर

एनआरएनए : मे महिना पछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना हुने

काठमाडौँ ।  सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली

‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’

काठमाडौँ । नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र

लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना

कञ्चनपुर । परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना