९ आश्विन २०८१, बुधबार | September 25, 2024

असोज महिनाका लागि ६ बैङ्कले घटाए ब्याजदर, सबैभन्दा बढी घटाउने नेपाल बैङ्क



काठमाडौ। वाणिज्य बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

नेपाल बैंकर्स सङ्घले बैङ्कहरूलाई आफुखुसी ब्याँजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैङ्कहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।

असोज १ गते बाट लागु हुने गरी २१ वटा वाणिज्य बैङ्कहरू मध्ये १७ वटाले बैङ्कले नयाँ ब्याँजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैङ्कहरूले असोज महिनाका लागि ब्याँजदर घटाएर सूचना प्रकाशित गरेका छन् ।

असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सिटिजन्स बैङ्क र नेपाल बैङ्क छन् । यी बैङ्कहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याँजदर घटाउँदै नयाँ ब्याँजदर सार्वजनिक गरेका हुन् । असोज महिनाका लागि ब्याजदर घटाउने बैङ्कहरू मध्ये नेपाल बैङ्कले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो। भदौको तुलनामा नेपाल बैङ्कले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैङ्कले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याँज प्रदान गर्ने भएको छ ।

भदौ महिनामा बैङ्कले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो । यस्तै, सिटिजन बैङ्कले पनि भदौ महिनाको तुलनामा ०.८४६ प्रतिशतले ब्याँजदर घटाएको छ । बैङ्कले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याँजदर कायम गरेको छ। भदौ महिनामा बैङ्कले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो ।

कुमारी बैङ्कले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याँजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो । भदौ महिनामा बैङ्कले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।

त्यसै गरी, राष्ट्रिय वाणिज्य बैङ्कले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याँजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो । बैङ्कले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९।९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याँज दिएको थियो ।

लक्ष्मी सनराइजले पनि नयाँ ब्याँजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याँजदर तोकेको छ । बैङ्कले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याँजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैङ्कले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदौ महिनामा बैङ्कले व्यक्तिगततर्फ १०.४ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर दिएको थियो ।

त्यसै गरी, ग्लोबल आइएमई बैङ्कले पनि भदौ महिनाको तुलनामा ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैङ्कले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ८ : ४७ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

बिआरआइ परियोजनालाई राष्ट्र र जनताको हितमा सदुपयोग गर्न गहन चिन्तन गरौँः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको बार बेञ्च समन्वय

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।