काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।
साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङको गत मंगलबार निधन भएको थियो भने हिजाको बैठक शोक प्रस्ताब पारित गरेको थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया